सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: शङ्कर कोइराला निर्देशित फिल्म ‘मोदीबेनी’को रिलिज मिति तय गरिएको छ। अब भने फिल्मलाई श्रावण १८ गतेबाट दर्शकले हेर्न पाउँन सक्नेछन।  उत्तम मिति हेरेर फिल्मको रिलिज मिति टुङ्गो लगाएको निर्माण टिमको जानकारी रहेको छ।

‘मोदीबेनी’ले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित फिल्मलाई दिलिप केसीले निर्माण गरेका हुन्। फिल्ममा अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन् भने उनको अपोजिटमा अभिनेत्री वर्षा सिवाकोटीको अभिनय रहेको छ। त्यसो त् अभिनेत्री रेजिना उप्रेतीले पनि करिब १२ वर्षपछि कमब्याक गरेकी छन्। निर्देशक कोइरालाले पनि यही फिल्मबाटै निर्देशनमा डेब्यु गरेका छन्।

फिल्ममा अमर, वर्षा र रेजिनाका अलावा प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको अभिनय रहेको छ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो फिल्मलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन्। यसमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन्। उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ। रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन्। फिल्मको पोस्टर डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका छन्।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com