सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘मायाको खानी’ बोलको रोमान्टिक गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु नायिका पूजा शर्मा र नव–नायक कुन्साङ बोमजोम रोमान्टिक देखिएका छन् । गीतलाई नेपाल र भारतका विभिन्न लोकेशनमा खिचिएको छ ।

यो गीतमा सुरेश लामा र ममता गुरुङको स्वर, अर्जुन पोखरेलको संगीत, प्रदिप प्रखर पोखरेलको शब्द छ ।
रुपेश तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । देव मगर र अनुप गडाल निर्माता रहेको फिल्ममा कमला लिम्बु, पन्च बहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रुपमा छन् ।

असारको ७ गतेबाट रिलिजमा आउन लागेको फिल्ममा सन्जोग कुवँर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरि प्रसाद घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।
यो फिल्मको टिजर सार्वजनिक भएसँगै यसको चर्चा चुलिएको छ । निर्माणपक्षले अबको केही दिनमै ट्रेलर पनि सार्वजनिक गर्ने बताएको छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com