सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: साउन ४ गतेबाट देशभर प्रदर्शन हुने फिल्म ‘सतीदेवी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा मलिका महतका साथै २ जना बाल कलाकारलाई फिचर्ड गरिएको छ। पोस्टरमा अभिनेत्री महतले बच्चालाई स्तनपान गराइरहेको देख्न सकिन्छ। भने दुई बाल कलाकारहरुलाई रोईरहेको देख्न सकिन्छ।

लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’को यस अघि पहिलो पोस्टर रिलिज भइसकेको छ , जसमा मलिकालाई कालोमोसो र जुत्ताको माला लगाएर उनलाई गाउँलेले लखेटेका थिए ।

नारी प्रधान फिल्ममा मलिकाको अलवा सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा लगायतको अभिनय छ । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको फिल्मको निर्माता श्रीदेवी सुवेदी हुन् । फिल्मको लेखन, गीत, निर्माण समेत सुवेदीकै हो ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com