सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अर्जुन कुमारको लगानीमा पुनः सानो संसार नाममा फिल्म निर्माण हुने भएको छ । शुक्रबार कमलादी गणेश मन्दीरमा शुभमुहूर्त गर्दै फिल्मको निर्माण घोषणा गरिएको हो । फिल्मकी मुख्य कलाकार सीतादेवी तिमल्सिनाले मुहूर्त सट दिएकी हुन् ।

फिल्मका प्रोडक्सन म्यानेजर शंकर पाण्डेले क्ल्याप र निर्माता अर्नुन कुमारले नरिवल फोडेका थिए । फिल्ममा सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटीको अभिनय रहने छ । यी सवै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन् । आगामी जेठबाट फ्लोरमा जाने फिल्मको छायांकन काठमाडौं, धादिङ र नुवाकोटमा गरिनेछ ।

अर्जुन कुमार फिल्मस् र राजधानी मिडिया एड प्राली प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मको छायांकन सेड्युल ३० दिनको राखिएको निर्माता अर्जुन कुमारले बताए । फिल्ममा सम्पुर्ण नयाँ कलाकारलाई लिएर आफुे काम गरेको र एक पटक सवै नयाँ नै हुने भएकाले आफुले प्रोहत्सान गरेको उनले बताए । १६ वर्ष अगाडी यही नाममा स्वर्गिय आलोक नेम्वाङले निर्माण गरेको फिल्मसँग कुनैपनि सम्बन्ध नरहेको बताए ।

यो एकदमै फ्रेस स्टोरी हो । निर्देशक सिद्धार्थ पुडासैनीको कथा मन परेकाले आफ्ले यो फिल्म निर्माण गरेको हुँ । नेपाली फिल्मलाई अगाडी बढाउन एउटै निर्देशक र निर्माताले मात्रै नसक्ने भन्दै नयाँ मान्छे र नयाँ कन्सेप्ट आउन जरुरी रहेको निर्माण अर्जुन कुमारको भनाई छ । साथै आफुलाई अहिलेका चलेका कलाकारले टाइम नदिएकाले यसअघि घोषणा गरेका प्रोजेक्टलाई पछाडी धकेल्दै आफुले सानो संसार निर्माण गर्न लागेको उनको दाबी छ ।

सिद्धार्थले यही फिल्मबाट लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् । उनलाई फिल्मको कथा लेखनमा सरिष्मा पुडासैनीले सघाएकी छन् । शुभमुहूर्तसँगै फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ । फिल्म आगामी दशैंको घटस्थापना अर्थात असोज १७ गतेबाट प्रदर्शनमा आउने छ । फिल्मको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट रहेको छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com