सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: दीपक – दीपाको चर्चित सिरिज छक्कापञ्जाको पाचौँ शृंखला ‘छक्कापञ्जा ५’ आजबाट फ्लोरमा जादैछ। निर्माण टिमले फ्लोरमा जानु अघि फिल्मको फस्ट लुक पोस्टर सार्वजनिक गरेका छन। दीपाश्री निरौलाले निर्देशन अग्रण लागेको फिल्मको फस्ट लुक पोस्टरमा फिल्मका मुख्य कलाकारहरु फिचर्ड छन। पोस्टरमा दीपकराज र केदार घिमिरे ‘माग्ने बुढा’ सहित अभिनेत्री वर्षा शिवाकोटी प्रस्तुत छिन्। वर्षा फिल्ममा शीर्ष अभिनेत्रीका रूपमा अनुबन्धित भएको कुरा यही पोस्टरमार्फत जानकारी दिइएको हो।

त्यसोत लामो समय देखि  छक्कापञ्जा ५’ मा अभिनेत्री को हुनेछिन भनेर सबैको चासोको विषय बनेको थियो। उक्त पोस्टरसँगै सबैको कौतुहलता मेटिएको छ।

आमा सरस्वती मुभिज र आइएमआईको प्रस्तुतिमा बन्न लागेको फिल्म दसैंको अवसर पारेर असोज २४ गते फूलपातिमा रिलिज हुनेछ। दीपाले यस अघि उक्त सिरिजका ३ शृंखलालाई निर्देशन गरेकी थिइन् भने चौथो शृंखलालाई दीपक – दीपाले हेमराज बिसीको निर्देशन बनाएका थिए।

लामोसमय देखि सफलताको स्वाद चाख्न नपाएकी बर्षाले छक्कापञ्जाको पाचौँ शृंखलाबाट सफलता हात पर्ने पक्का जस्तै छ।  हुन त गतवर्षको सफल परदेशी २ मा काम गरेकी थिइन् तर फिल्म सफल भएपनि उनले भने सफलताको क्रेडिट खासै पाएकी थिईनन।

हुनत बर्षाले केहि दिनअघि मात्र प्रदर्शनरत फिल्म ‘फर्की फर्की’ र ‘पुजार सार्की’लाई दर्शकले दिएको साथलाई निकैनै उत्साहका साथ लिएकी थिईन। उनले सामाजिक संजालमै चलचित्र उत्सव–महोत्सवहरुमा सहभागी हुने मौका कमै पाएको छु तर केही समययता फिल्म हलमा दर्शकहरुको ओइरो देख्दा म ‘मेरै फिल्म चलेजसरी’ पुलकित भएको छु भन्दै उनको खुसी समेत व्यक्त गरेकी थिईन।

आशा गरौको उनको यो स्ट्याटस जस्तै छक्कापञ्जा ५ले पनि उनलाई सफलता दिनेछ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com