सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: ‘मायाका रंगहरु’मा सिक्किमका चर्चित कमेडियन पदम तामाङ अनुबन्धित भएका छन् । तामाङ गरिमा इन्टरटेनमेन्टका सञ्चालकसमेत हुन् ।

उनलाई फिल्म ‘मायाका रङहरु’का निर्माता तथा निर्देशक केवल तामाङले हालै काठमाडौंमा अनुबन्धित गरेका हुन् ।

यसअघि फिल्ममा अभिनेता पल शाह, सुनिल थापा र बुद्धि तामाङ अनुबन्धित भैसकेका छन् । निर्देशक तामाङले फिल्मका लागि प्रमुख नायिकाको खोजी भइरहेको बताए ।

प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन काठमाडौं र इलामसँगै भारतको दार्जिलिङमा गरिनेछ । पुनम तामाङ प्रस्तुतकर्ता रहको फिल्मको निर्माता आरबी थाङदेन हुन् ।

फिल्ममा भद्र भुजेल र रामा मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञवालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।

फिल्मका सह–निर्माता जेनिश न्यौपाने र दिपेन्द्र चिलवाल हुन् । फिल्मको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com