सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: ‘होस्टेल’को तेश्रो शृंखला ‘होस्टेल ३’मा केहि समय अघि टिकटकर पारस बम अर्थात्क कूल ब्वाई अनुवन्धित भैसकेका छन। अब भने फिल्म कलाकारहरुको लाईनअपमा ३ नाम थपिएको छ। फिल्ममा रिहान गिरी, पदम तामाङ र सिम्रन पन्तलाई अनुबन्धित गरिएको छ । यी ३ पनि फिल्ममा महत्वपुर्ण भूमिकामा देखिने छन।

सुशान कँडेलको निर्देशनमा बन्न लागेको फिल्मका लागि अझै २ कलाकारहरु अनुवन्धित हेन निर्माण टिमको जानकारी रहेको छ।

होस्टेलमा बसेर अध्ययन गरिरहेका ‘टिनेजर्स’ र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहेर बन्न लागेको ‘होस्टेल ३’ सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्समा निर्माण हुनेछ।

फिल्ममा शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला, सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटाको लगानी रहने छ।

‘होस्टेल ३’को लागि पनि ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’को प्रोडक्सन सम्हालेका यम प्रसाद ओलीले प्रोडक्सन डिजाइन गर्नेछन्। फिल्मलाई यस वर्षको अन्त्यतिर रिलिज लक्ष्य निर्माण टिमको रहेको छ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com