सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘जेरी अनटप’मा अभिनेत्री आँचल शर्माको इन्ट्री भएको छ। शुक्रबार अभिनेत्री शर्माले ‘जेरी अनटप’का निर्माण टिमसँग कागजी सम्झौता गरेकी हुन्। यस अघि फिल्ममा अभिनेता अनमोल केसी र अभिनेत्री आना शर्मा अनुवन्धित भईसकेका छन।  आँचलको इन्ट्रीसँगै फिल्मका मुख्य कलाकारहरुको लाइनअप पुरा भएको छ। अब भने यी त्रिपल ‘ए’लाई दर्शकले एकसाथ देख्न पाउने छन।

‘ट्रयाङ्गल लवस्टोरी’मा बन्ने फिल्मबाट अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्माले पहिलो पटक सहकार्य गर्न लागेका हुन्। फिल्ममा यी दुईको ‘अन स्क्रिन’ जोडी कस्तो देखिएला भन्ने कौतुहलता अहिले सबैमा रहेको छ।

सरोज न्यौपानेले निर्माण गर्ने फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्दैछन।

असार ६ गतेबाट फ्लोरमा जाने फिल्मका क्रिएटिभ प्रोड्युसर रोहित अधिकारी रहेका छन भने निर्माणमा न्यौपाने र दीपक भण्डारीले सहकार्य गर्दैछन् । अनन्या फिल्म्स र भण्डारी मल्टिट्रेडको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com