सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: भारतका चर्चित गायक कुमार सानु र गायिका रानी शाक्यले नयाँ हिन्दी युगल गीत ‘शिद्दत’ सार्वजनिक गरेका छन् । नील शाक्यको संगीत रहेको यो गीतमा निशिला शाक्यको शब्द छ ।

सार्वजनिक गीतको भिडियोमा मोडलद्धय अभिषेक खड्का र कुसुम शर्माको अभिनय हेर्न सकिन्छ । रामजी लामिछानेको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन छ ।

सार्वजनिक गीतको भिडियोमा अभिषेकसँग मोडल कुसुम शर्मा रोमान्टिक देखिएका छन् ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com