सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘नम्बरी सुन’को नयाँ रिलिज डेट फिक्स भएको छ।  लामो समय देखि हेरफेर हुदै आएको फिल्मको रिलिज डेटलाई निर्माण टिमले साउन २५ रोजेका छन। फिल्मका टिमले नयाँ पोस्टर रिलिज गर्दै नयाँ रिलिज मिति तय गरेको हो।  सार्वजनिक पोस्टरमामुख्य कलाकारहरू गौरव पहारी, नम्रता सापकोटा र विनोद न्यौपानेलाई देख्न सकिन्छ ।

फिल्ममा गौरव र नम्रताका अलावा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सबिन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने र राजेन्द्र गिरीको अभिनय छ ।

राजु गिरीको निर्देशन रहेको फिल्ममा शिवम अधिकारीको कथा र पटकथा, दिव्य सुवेदीको छायांकन, गौतम राज खड्काको सम्पादन, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, अर्जुन पोखरेल र नारायण खातीको शब्द, राजेशपायल राई, प्रताप दास, शान्तिश्री परियार र अनु चौधरीको स्वर, विनोद भुजेलको ब्याकग्राउण्ड स्कोर, समीर मियाँको भीएफएक्स, देव महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी छ ।

नारायण खाती प्रस्तुतकर्ता रहेको फिल्ममा सरोज खाती, सबिन खाती र मनोज रिजाल निर्माता छन् । फिल्मलाई जीजीए ग्रुप र एफडी कम्पनीले वितरण गर्दैछ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com