सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: रुना इन्टरटेनमेन्टको ब्यानरमा बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशनमा निर्माण हुने फिल्म ‘माइली’को बिहीबार एकसाथ दुई गीत रेकर्ड गरिएको छ । काठमाडौंको अनामनगरस्थित २१ स्टुडियोमा ‘न त दिनले साथ दियो, न त दियो रातले’ र ‘खोली सलल छमछमी नाँचेपछि मनै झलल’बोलका गीत रेकर्ड गरिएको हो ।

गीत ‘न त दिनले साथ दियो, न त दियो रातले’मा अस्मिता अधिकारीको स्वर र ‘खोली सलल, छमछमी नाँचेपछि मनै झलल’ मा शान्ति श्री परियार र विन्दु परियारको स्वर छ । दुवै गीतमा शंकर अधिकारी ‘घायल’को शब्द र राजेन्द्र बजगाइँको संगीत छ ।

यो फिल्ममा नायिका प्रियंका कार्की अनुबन्धित भइसकेकी छन् । निर्देशक बलामीले सत्यघटनामा आधारित फिल्ममा श्रीमान नभएकी दलित महिलालाई समाजले हेर्ने दृष्टिकोण, नाबालक छोरी हुर्काउन ती महिलाले गरेको संघर्ष र समाजले जातीयताको आडमा कसरी प्रताडित गर्छ भन्ने विषय उठान गरिने बताए । फिल्ममा शंकर अधिकारी ‘घायल’को पटकथा तथा संवाद छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com