सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री  स्वस्तिमा खड्काले निर्माण गरेको गरेको फिल्म ‘बेहुली फ्रम मेघौली’को पहिलो गीत रिलिज गरिएको छ। सार्वजनिक ‘बिहे गर्ने कि नगर्ने’ बोलको प्रमोसनल गीतमा रोहित शाक्यको संगीत रहेको यो गीतमा कुशल पोखरेलको शब्द र प्रस्तुति छ ।

गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का र नायक निश्चल बस्नेत फिचर्ड छन भने निश्चल र स्वस्तिमालाई नेपाली फिल्म नगरीका चर्चित अनुहारहरु जस्तै निर्देशक दीपाश्री निरौला, नायकहरु  प्रदीप खड्का, धिरज मगर, नाजिर हुसेन, नायिकाहरु  साम्राज्ञी राज्यलक्ष्मी शाह, बेनिशा हमाल र शिल्पा मास्केले अभिनयमा साथ दिएका छन।

मेघौली गाउँमा खिचिएको फिल्मलाई साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन रहेको छ।  यी दुईको यो डेब्यु निर्देशकीय फिल्म हो। फिल्ममा स्वास्तिमा खड्का र निश्चल बस्नेतलाई मुख्य भूमिकामा देख्न सकिन्छ।

ब्याक हर्स पिक्चर्स र मघौली फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको कथा आकाश र साजनकै संयूक्त लेखन रहेको छ। फिल्ममा शंकर पाण्डे र फिरोज खड्का कार्यकारी निर्माता रहेका छन् ।

असोज १७ गतेबाट रिलिज हुने फिल्ममा निश्चल र स्वस्तिमाका अलावा विजय बराल, सिम्रन खड्का, आमिर गौतम लगायतको अभिनय रहेको छ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com