सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ : फिल्म ‘सिन्दुर’का अभिनेता विश्व बस्नेतद्वारा लिखित पुस्तक ‘क्यान्सर रोगले अब मर्नु पर्दैन ‘को हिजो असार २२ गते पाटन स्थित लोकार्पण कार्यक्रम भएको छ ।

अभिनेता विश्व बस्नेत झन्डै ५० बर्ष देखि नेपाली चलचित्र क्षेत्रम अभिनय,चलचित्र निर्माण ,निर्देशनमा रहेका छन। उनले अभिनय गरेको फिल्म सिन्दुर एक कालजय फिल्मका रुपमा हेरिन्छ भने उनलेले अन्याय जस्तो सफल फिल्म निर्माण गर्नुका साथै फिल्म नाता निर्देशन पनि गरेका ।

बिगत १० बर्ष देखि उनि मानवमा देखिने स्वास्थ्य सम्बन्धि ,मुटु रोग ,रक्तचाप, विशेषगरि क्यान्सर जस्ता रोगहरु लागेपछि त्यसको बैकल्पिक उपचार सम्बन्धि अध्ययनमा थिए र त्यहि अध्ययनलाई पुस्तकको रुप दिएर आफुलाई अभिनेताबाट लेखकका रुपमा उभ्याएका छन।

कार्यक्रममा डा. भोला रिजाल,अभिनेता निर शाह, श्रवण घिमिरे र अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com