सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: श्रावण १८ रिलिज हुने नेपाली फिल्म ‘मोदीबेनी’ले हालै सार्वजनिक गीत ‘मन्जुरी’मा आधारित रही रिल बनाउने प्रतियोगिता आयोजना गरेको छ। डिजिटल रूपमा आयोजित यो प्रतियोगिताको समय सीमा श्रावण १५ गतेसम्म रहने बताइएको छ।

यो प्रतियोगितामा सहभागी हुनको लागि रोमान्टिक गीत ‘मन्जुरी’को भिडियोमा समावेश भागको रिल बनाएर आफ्नो फेसबुक, इन्स्टाग्रामको रिल वा युट्युब शर्ट्समा अपलोड गरी अनिवार्य रूपमा ह्यासट्यागहरु #DanceWithModibeni, #ManjuriFromModibeni र #ModibeniReleaseShrawan18 प्रयोग गर्नु पर्ने र ‘मोदीबेनी’को अफिसियल फेसबुक पेजलाई मेन्सन गर्नुपर्ने जनाइएको छ।

रिल बनाई पोस्ट गरेर सर्त पालना गरेका योग्य क्रियटरहरूबाट गोला प्रथा गरी ३ जना भाग्यशाली विजेताहरूले विभिन्न पुरस्कार प्राप्त गर्नेछन्। लोकल फार्म, घराना लाउन्ज, सिडिसी सिनेमा तथा केटिएम फिटनेसले विभिन्न पुरस्कार तथा विशेष छुट सौजन्य गर्नेछन्।

रिल बनाउँदा फिल्मको अफिसियल पेजमा अपलोड भएका रिलहरूबाट गीतको अडियो प्रयोग गर्न सकिनेछ भने भिडियोको स्टेपहरु पनि आइडिया लिन सकिनेछ।

https://www.facebook.com/reel/401716992883266

 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com