सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: चलचित्र विकास बोर्डले हरेक बर्ष आयोजना गर्दै आएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ यो बर्ष पनि आयोजना गर्ने तयारी गरेको छ । असोजको १ गते ‘चलचित्र दिवस’को अवसर पारेर बोर्डले यो पुरस्कारको आयोजना गर्ने तयारी गरेको हो । राष्ट्रपति कार्यलय शितल निवासमा हरेक बर्ष यो पुरस्कार कार्यक्रम आयोजना हुँदै आएको छ ।

यो पुरस्कारका लागि बोर्डले यसबर्षदेखि फिल्म क्षेत्रका ६ जना विज्ञहरुलाई निर्णायकको रुपमा राख्ने भएको छ । ६ जना फिल्मीकर्मी र १ जना बोर्ड सदस्यसहितको टिमलाई जुरीको रुपमा राख्ने तयारी बोर्डको छ ।

यसका लागि बोर्डले ३५ जना विज्ञको नाम सार्वजनिक गरेको छ । फिल्मीकर्मी, पत्रकार र दर्शकको सुझावका आधारमा ६ जना विज्ञ छनोट गर्ने बोर्डको तयारी छ । बोर्डले यो बर्षदेखि नै कार्यविधी परिवर्तन गरेको हो । ‘राष्ट्रिय पुरस्कार तथा सम्मान कार्यविधि २०८१’ अनुसार बोर्डले जुरी छनोट प्रक्रिया अगाडि बढाएको हो ।

प्राप्त सुझावका आधारमा बोर्डको बैठकबाट ६ जना विज्ञ र १ जना बोर्ड सदस्य समावेश गरी निर्णायक समिति नियुक्त गरिनेछ ।

यसका लागि बोर्डले फिल्मीकर्मीहरु बसुन्धरा भुषाल, नीर शाह, लक्ष्मीनाथ शर्मा, ब्रजेश खनाल, नयनराज पाण्डे, मोहन निरौला, रबिन्द्र खड्का, बनिष शाह, रमेश रञ्जन झा, गौरी मल्ल, प्रकाश सायमी, दयाराम दाहाल, अभि सुवेदी, विपिन स्थापित, ध्रुव लम्साल, सुनील थापा, नबिन सुब्बा, रेखा थापा, अनुप बराल, दीपाश्री निरौला, समीर बलामी, रक्षासिंह राणा, मीन बहादुर भाम, आकाश अधिकारी, झरना थापा, ऋषि लामिछाने, दिनेश डीसी, चेतन सापकोटा, मनोज पण्डित, केपी पाठक, विमल पौडेल, उदय सुब्बा, केकी अधिकारी, पुस्कर लामा, जनकदीप पराजुलीको नाम अगाडि सारेको हो । प्राप्त सुझावका आधारमा ६ जना विज्ञलाई बोर्डको बैठकबाट जुरीमा नियुक्त गर्ने तयारी बोर्डको छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com