सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: साउनको २५ गतेबाट छायांकनमा जान लागेको फिल्म ‘के घर के डेराः घर नम्बर २’मा कलाकार निश्चल बस्नेतको इन्ट्री भएको छ । फिल्मको मुख्य भूमिकामा बस्नेतलाई अनुबन्धित गरिएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए । यसअघि यो फिल्ममा नायक खगेन्द्र लामिछानेको प्रवेश भइसकेको छ ।
निश्चलको प्रवेशसँगै फिल्मको लाइनअप बलियो बन्ने देखिएको छ । फिल्मका लागि अझै ४ जना कलाकारहरुलाई मुख्य भूमिका अनुवन्धित गर्न बाँकी रहेको निर्माणपक्षले बताएको छ ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको कथा चर्चित लेखक बुद्धिसागरले लेखेका हुन् । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माताको रुपमा छन् । युवराज कार्की फिल्मका कार्यकारी निर्माता हुन् ।
फिल्ममा अनुवन्धित भएपछि कलाकार बस्नेत उत्साहित देखिए । उनले, फिल्मको कथावस्तु बलियो रहेकाले आफू काम गर्न तयार भएको बताए ।
फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने पक्का भइसकेको छ । सामाजिक कथावस्तुमा निर्माण हुने यो फिल्मलाई यसै बर्ष रिलिज गर्ने योजनामा निर्माणपक्ष छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com