सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

– सन्ध्या थापा 

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली चलचित्र ‘घर ज्वाई’, सिनेमाको नाम सुन्दा लाग्छ यसले नेपाली समाजको मेल आइडियोलोजि, पितृसत्तात्मक संरचनामा बाधिएको पुरुषको बिडम्बनापूर्ण परिस्थिति मात्र बोल्छ तर होइन, यसले मायामा रहेको एक जोडीको जीवनमा आइलाग्ने व्यवहारिक चुनौती प्रस्तुत गर्दछ। साथै घर ज्वाई को सदर्भलाइ विषम अवस्थामा बस्नुपर्ने एक मेल इगोलाई पिडा दिने अवस्था भन्दापनि दुइ पात्र व्यावहारिक जीवनको चक्रबिहुमा फस्दा आउने अवस्था अर्थात घर ज्वाई बस्ने अवस्था लाई सिनेमाको मुख्य कथाबस्तु बनाइएको छ ।

नेपाली मगर समुदायमा सामान्य रुपमा बिन्जुरी अर्थात् मिरुना मगरले निर्बाह गरेको जस्तो जीवन यापन एक मगर महिलाको छ भने मोडर्न महिलाको लोभलाग्दो पक्ष सिनेमाले आंसिक रुपमा प्रस्तुत गरेको छ। किनकि बिञ्जुरि भोलिबल खेल्छिन र पनि घरमा घास दौरा गर्छिन, पिता को सानको लागि अडिग रही आक्रमक पनि हुन्छिन, वाण हान्न पनि माहिर छिन On top of that she is a multi-tasker उनले उन बुन्दै भरिबोक्दै हिड्दै गरेको दृश्य थोरै छ तर त्यो दृश्यले मगर समुदायमा रहेको मल्टिटास्कर मगर महिलालाई चरितार्थ गरेको छ ।

त्यस्तै यो पात्रले, प्रेमीले बिवाहको प्रस्त्वाब राख्दा खेरिको समयमा प्रस्तुत गर्ने परिपक्कता देख्दा लाग्छ, औपचारिक शिक्षा नभएपनि उनि एक सचेत आधुनिक महिला हुन्। उनको संयमता र उनको उपुक्त समयमा सहि प्रतिक्रियाबाट उनि आदर्श पात्र बनेकी छिन भन्दा फरक पर्दैन।

फिल्मको निर्देशकीय पक्ष कलात्मक छ।अनिल बुढा मगरले जीवन र कलाका आयामलाई बलजफ्ती फिड गरेका छैनन् , मगर समुदायलाई पपुलर मेडिया मार्फत लेराउने कोसिस अनिल बुढा मगरको राम्रो छ। फिल्मले त्यो समुदायको लवच र ल्येक्सिकनलाई प्रयोग गरिराख्दा त्यहि समुदयको गीत संगीतलाई भने पपुलर मेडियामा प्रस्तुत हुने खालको बनाएका छैन त्यसलाई रअ अवस्थामा राखेर नै प्रस्तुत गरेका छन् जसले गर्दा फिल्मले मिठास गुमाएको छैन र पनि करिब २ घण्टा एउटै बिश्यबस्तुमा रुमलिरख्दा त्यसबीच मा आएको original soundtrack भने सिंक नभएको जस्तो महसुस हुन्छ।

सिनेमा मनोरंजन संगै जीवन जगतमा आज र हिजो हुने गतिविधिको रेकर्ड रहने एक राम्रो आर्काइवपनि हो। कुनै पनि देशका जनजाति प्रकृतिसंग नजिक हुन्छन हो यहि निकटता प्रस्तुत गर्दै नेपालको रुकुममा बसोबास गर्ने जनजाति अर्थात मगर समुदाय २०६३ साल तिर देश संक्रमण कालमा हुदाँ जनजीवनमा पारेको असर गौण रुपमा नै भएपनि प्रमुख पात्र को प्रेम र सम्बन्धलाई प्रस्तुत गर्न केहि क्राइसिसको चरम्ताको एक आधार बनाउन बढो उपयोगी देखिएको छ ।

सिनेमालाई अक्याडमिकल्लि ब्याख्या गर्ने हरुको लागि सिनेमामा देखाइने हरेक दृश्यले पनि पात्रले बोलेका हरेक सम्बादले झैकेही अर्थपूर्ण छाप छोड्न पर्छ भन्ने हुन्छ —जस अनुरुप घर ज्वाई को प्रमुख पात्रलाई परेवामा प्रतिबिम्बित गर्दै फिल्म सुरु हुन्छ। जुन कलात्मक लाग्छ। रंगको मामलामा न्याचुरल रंगलाई प्राथमिकता दिदै बनाइएको यो सिनेमा अत्यन्तै रंगीन अनि रमाइलो सिनेमा हेर्नेको लागि नहुनपनि सक्छ तर प्रकृतिको नजिक बसोबास गर्ने , नेपालि रहन सहन प्रति झुकाब हुनेले भने २ घण्टा को सिनेमा बाट मनोरन्जनका अलावा सुन्दर सम्बाद अनि व्यवहारिक जटिलतामा एउटा पात्र मात्र नभई सिङ्गै समाजपनि पर्छ भन्ने स्पस्टतालाई अन्त्यमा बुझ्दै वर्थ ए वाच भन्दै निस्कने छन्।

अर्को कुरा, सिनेमालाई विवाहको अपरिहार्यताको बिरुद्धमा थेसिसको रुपमा लिन सकिन्छ। कारण प्रमुख पात्र सोरु बुढा मगर (जसलाई दया हाङ्ग राईले निर्वाह गरेकाछन ) र बिन्जुरिको बिवाह पश्चात् आफ्ना रहर र पेशा दुवै दाउँमा लाग्छ।

अब लैंगिक हिसाबमा सिनेमामा रहेका पक्षको वर्णन गर्ने हो भने मगर समाजमा महिलाको महत्व विवाह पूर्व र बिवाह पश्चात बराबर हुने
र पुरुष सरह स्वछन्द रुपमा रही बाचेको देख्दा लाग्छ लैंगिक विभेद सायदै यो समाजमा थियो अझ यो ZEN G ले बुझ्ने भासमा भन्नुपर्द।।।। Magar women are pampered beauty.

अनि मेल आइडियोलोजिलाई विश्वासिलो ढंगबाट प्रस्तुत गर्ने एक पात्र दान बहादुर जसलाई शिशिर बंग्देलले निभाउनु भएको छ। हुन त सिनेमा भरि एक्लो हुने डरमा घरमा ज्वाई लेराउने चाहमा अडिग देखिएको यो पात्र कै डाइन्यमिस्मले अन्तिममा फिल्म हेर्दा मजा आयो भन्ने भाव पैदा हुन्छ तर यो पात्र को एमोशन फ़्ल्क्चुयेट गर्न स्पेश भने पाएको देखिन्न, हुन त म स्पोइल स्पट हुन त चाहन्न तर उनीद्वारा भनिएको एक सम्बादले : “यति गरेन भने छोरी चेली ले दुख पाउछन ” भने मिठो स्वाद थपेको छ |

मुख्य पात्र मा सहानुभूति पलाउन लगायत क्राइसिसको चरम बिन्दुमा नाटकीय रुप दिई सिनेमालाई आइरोनिक इन्ड दिएका छन्। यस हिसाबमा सिनेमा लेखकले प्रसंसनिय काम गरेका छन् |
दया हाङ्ग राई ले अक्स्ट्रिम इण्ट्रोवर्ट क्यारक्टर गरेकाछन त्यसमा उनको भूमिका निकै सुहाउदो देखिछ । त्यसैले पनि फिल्मको ब्यस्ट सम्बाद मिरुना लगायत अरु सपोर्टिङ्ग पात्र ले बोलेका छन् |

सामान्यतया सिनेमामा मुख्य पत्रलाई मुख्य बनाउन भारिभर्कम सम्बाद , मिठा लाग्ने हरफ मुख्य पत्रलाई दिने चलन प्रसिद्ध छ तर यो सिनेमामा भने सहयोगी पात्रहरुले बोल्ने सम्बाद बिशेष लाग्छ। जस्तै पुस्कर गुरुङ को पात्र ले सोरु बुढा मगरको लागि बिन्जुरिको हात मग्न जादा बोल्छन। संवादको लागि, नारीको बहु आयामिक पक्ष बुझ्न, बुवाको माया लगायत मगर समुदायको रहन सहन, दैनिकी बुझाउने एक श्रब्य दृश्य बनेको छ ‘घर ज्वाई’।

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com