सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र  ‘के घर के डेराः घर नम्बर २’को लाइनअप बलियो बनेको छ । यो फिल्मको निर्माणपक्षले चलचित्रका मुख्य तीन पुरुष पात्रहरु फाइनल गरिसकेको छ भने अहिले दुई अभिनेत्रीहरू अनुबन्धित भएका छन्।

केकी अधिकारी र उपासना सिंह ठकुरीलाई मुख्य भूमिकामा अनुबन्ध गरिएको निर्माण टिमले जनाएको छ। दुवै जनासँग निर्माणपक्षले कागजी सम्झौता गरेको छ।

केकीले वैशाख महिनामा फिल्म ‘बोक्सीको घर’ ब्लकबस्टर भएपछि ‘के घर के डेराः घर नम्बर २’ मा काम गर्न लागेकी हुन्। उपासनाले फिल्म ‘खुस्मा’ को छायांकन सकेपछि यस चलचित्रमा काम गर्न लागेकी हुन्।

दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको चलचित्रको छायांकन साउनको २५ गते यानी यहि शुक्रबारबाट सुरु हुँदैछ । चलचित्रमा यसअघि नै खगेन्द्र लामिछाने, निश्चल बस्नेत,आर्यन सिग्देल फाइनल भइसकेका छन् ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको योचलचित्रको कथा बुद्धि सागरले लेखेका हुन् । चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठको लगानी छ । चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् ।

फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने पक्का भइसकेको छ । सामाजिक कथावस्तुलाई रोचक तरिकाले फिल्ममा प्रस्तुत गर्ने निर्देशक खनालले जानकारी दिए । फिल्मलाई यही बर्ष रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com