सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: बसन्त निरौलाको निर्देशनमा तयार भएको फिल्म ‘ज्वाई साब’को हाल पोष्ट प्रोडक्शनको काम चलिरहेको छ । यो फिल्मको प्रदर्शन मिति चाडै नै तय गर्ने तयारी निर्माणपक्षले गरेको छ ।

यसैबिच, फिल्मका लागि एक रोमान्टिक गीतको रेकर्डिङ गरिएको छ । ‘कसम बत्तीको’ बोलको गीतमा गायक निशान भट्टराई र गायिका समिक्षा अधिकारीले स्वर भरेका छन् । यादव लम्सालको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत छ ।

यो गीतमा फिल्मका मुख्य दुई कलाकार जितु नेपाल र नीति शाहलाई फिचरिङ गरिनेछ । निर्माणपक्षले यही एउटा गीतको छायांकन बाँकी राखेर अन्य छायांकन सबै सकेको हो ।

राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको फिल्ममा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य निर्माण भएको फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।
विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

यो फिल्ममा वुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com