सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेता विराज भट्टले निर्देशन गरेको फिल्म ‘१२ गाउँ’को टिजर रिलिज गरिएको छ। सार्वजनिक टिजरमा विराजका छोरा तथा फिल्मका मुख्य अभिनेता समीर भट्टलाई केन्द्रमा देख्न सकिन्छ।  सार्वजनिक १ मिनेट २१ सेकेन्ड लामो फिल्मको टिजरमा अभिनेता विराज भट्ट, तथा नव अभिनेत्रीद्वय न्यान्सी खड्का र सनिशा भट्टराईलाई पनि देख्न सकिन्छ। साउथ इन्डियन फिल्मको झल्को समेत दिने फिल्मको टिजर दमदार बनेको छ।

विराज भट्टको दोश्रो निर्देशकीय फिल्मको पटकथा सन्तोष सरकारले लेखेका हुन् । फिल्ममा सरस्वति भट्टको लगानी रहेको छ।

दक्षिण भारतीय फिल्ममा एक्सन कोरियोग्राफरको रुपमा चर्चित सिल्भा मास्टरले यसमा द्वन्द्ध निर्देशनको काम गरेका छन। एक्सन–थ्रिलर जनरामा बनेको फिल्ममा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ ।

असोज २४ गते बाट रिलिज हुने फिल्मलाई काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गर्नेछ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com