सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – एक्जिभिट स्टुडियोको प्रस्तुतीमा बाँसुरी फिल्म्सको सहकार्य रहेको चलचित्र ‘देवी’ को ट्रेलर सार्वजनिक भएको छ।  बलात्कार जस्तो जघन्य अपराध विरुद्ध बलियो आवाज उठाएको कुरा चलचित्रको ट्रेलरबाट बुझ्न सकिन्छ।

सन्जोग राईको डेव्यु निर्देशनमा तयार भएको चलचित्रको ट्रेलरमा  कानुन र व्यवस्था माथी प्रश्न उठान गरेको देखिन्छ  ।  चलचित्रमा शिल्पा मास्के, नाजिर हुसेन, गौरव पहरी, टिका पहारी, विशाल पहारी आदि कलाकारहरु को अभिनय रहेको छ ।

चलचित्रमा रेमन गुरुङ्ग र सन्जोग राई निर्माताको रुपमा रहेका छन् भने मिलन लामा, नारायण गुरुङ्ग, शिल्पा मास्के र उजेन नोर्वु गुरुङ्ग चलचित्रको सह- निर्माताको रुपमा रहेका छन्।

चलचित्र यहि भदौ २१ गतेबाट रिलिज हुँदैछ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com