सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: कृषा चौलागाईले निर्देशन गर्ने  फिल्म ‘पिताम्बर’मा अभिनेता दयाहाङ राईको प्रवेश भएको छ। यस मल्टीस्टारर फिल्ममा यस अघि सौगात मल्ल, प्रदीप खड्का, आर्यन सिग्देल , आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्य देव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, जस्ता लोकप्रिय कलाकारहरु जोडिसकेका छन ।

अभिनेता दया पिताम्बरमा जोडिएसँगै फिल्मको लाईन अप स्ट्रंग बनेको छ। छायांकन जानु अघि नै फिल्मको स्टार कास्टले गर्दा फिल्मको चर्चा चुलिरहेको छ। निर्माण यूनिटका अनुसार दयाहाङ फाइनल भएसँगै फिल्मको छायाँकन केही हप्तामै सुरु हुँदैछ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com