सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यहि भदौको १४ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘वर एण्ड वधु’ ले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सोमवार काभ्रेको बनेपामा आयोजित ‘कन्या पूजा’ मा सरीक भइ १ लाख ११ हजार नगद सहयोगसमेत गरेको छ ।
कन्या पुजा सनातन गुठीले हरेक वर्ष कृष्णाष्टमीको अवसर पारेर यो कार्यक्रमको आयोजना गर्दै आएको छ । दश हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको उक्त कार्यक्रममा चलचित्र‘वर एण्ड वधु’ का मुख्य कलाकारहरु अभिनेत्री आँचल शर्मा, अभिनेता विवेक कर्मचार्य, कलाकार किरण केसी, रविन्द्र खड्का, मोडलद्वय कुसुम शर्मा तथा बिजु पार्कीले कन्या पूजा गरेका हुन् ।
उक्त अवसरमा फिल्मका कलाकारहरुले हजार बढी बालिकाहरुलाई कापी तथा खानेकुरा वितरण गरेका थिए । हरेक वर्ष आयोजना हुने कन्या पूजामा पहिलो पटक सहभागी हुन पाउँदा निकै खुशी र आनन्द लागेको अभिनेत्री आँचल शर्माले बताइन् । करिब एक घण्टाभन्दा बढी समय कन्याहरुलाई कापी र विस्कुट वितरण गरेकी आँचलले निकै नै हर्षित भएको अनुभव सुनाइन् ।
अभिनेता विवेक कर्मचार्यले आफूले विगत चार वर्षदेखि निरन्तर रुपमा कन्या पूजामा आएर विभिन्न कुराहरु दान गर्ने गरेको सुनाए ।
मिलन चाम्सको निर्देशनमा तयार भएको यो चलचित्रमा विजय लामा, किरण केसी, रविन्द्र खड्का, श्रृष्टी खड्का, हिमेश पन्त, कुसुम शर्मा, दिनेश काफुले, सिता न्यौपाने, अंशु महर्जन, सरिता लामिछाने, गरिमा शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।
प्रदीप भारद्धाजको लेखन रहेको यो चलचित्रका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा जानुका थापाको लगानी छ । चलचित्रमा सुदिप बरालको डीओपी, मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, कविराज गहतराज र अनिसा स्याङ्देनको कोरियोग्राफी, हिमाल केसीको एक्सन छ ।
चलचित्रको दुई वटा गीत सार्वजनिक भइसकेको छ । दुबै गीतलाई दर्शकले मन पराइरहेका छन् । रोमान्टिक कमेडी जनरामा निर्माण भएको यो चलचित्रले बक्स अफिसमा सुखद व्यापार गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया