सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ ले पनि कार्तिक १५ गते लाई प्रदर्शन मिति घोषणा  गरेर फर्स्ट लूक पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक फर्स्ट लूक पोस्टरमा चलचित्रका मुख्य पात्रहरु  प्रकाश सपूत र विजय बराललाई स्थान दिइएको छ ।

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ मा प्रकाश सपुत, विजय बरालसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

नेमा गन्धर्व परिवारको कथामा आधारित चलचित्र सेभेन सिस इन्टरटेनमेन्ट र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रका निर्माताद्वय विनोद पौडेल र प्रतीक सुवेदी हुन् ।चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । चलचित्रका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

चलचित्रमा शिवराम श्रेष्ठ छायाँकार, प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ । यस्तै,गरि सुरेन्द्र पौडेको सम्पादन, सुप्रीम पराजुलीको कलर, उत्तम न्यौपानेको साउण्ड मिक्सीङ, दिनेश बहादु रावतको सह निर्देशन, रोहित शाक्यको ब्याकग्राउण्ड स्कोर, विजय वस्यालको पोस्टर डिजाइन रहेको छ ।

शोही मिती यानी तिहारको लक्ष्मी पूजाको दिनलाई यसअघि नै चलचित्र ‘मायावी’ तथा ‘एक्टर’ ले पनि प्रदर्शनको  घोषणा गरिसकेका छन्।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com