सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेता नाजिर हुसेन, गौरव पहारी र अभिनेत्री शिल्पा मास्केको मुख्य भुमिका रहेको चलचित्र ‘देवी’को ‘सेलाइ देउ खोलामा’ बोलको अडियो गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतका शब्द मर्मस्पर्शी लाग्छन् ।

सुशान्त गौतमको संगीत निर्देशन तथा सुष्मा सिग्देलको शब्द रचना रहेको चलचित्रको गीतमा सज्जा चौलागाई र समीक्षा अधिकारीको स्वर छ । सार्वजनिक गीतमा बाल गायिकामा अभानी अर्याल र शिक्षा लिम्बुको स्वर पनि सुन्न सकिन्छ ।चलचित्रको यसअघि सार्वजनिक टिजर, ट्रेलर र गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेका छन् ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको चलचित्रका निर्देशक सञ्जोग राई हुन् । चलचित्रको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् । एक्जिबिट स्टुडियोको प्रस्तुतिमा चलचित्र ‘देवी’ बनेका हो । यो सिनेमा निर्माण टिमले सार्वजनिक प्रदर्शनका लागि बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ ।

चलचित्र नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ । चलचित्रमा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ । सन्जेन थापाको सिनेमामा एक्सन रहेको छ ।

रेमन गुरुङ र सञ्जोग राईको निर्माण रहेको चलचित्रको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमको डिओपी रहेको चलचित्रको पटकथा लेखनमा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । चलचित्रलाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com