सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक दिपाश्री निरौलाद्वारा निर्देशित चलचित्र ‘ छक्का पञ्जा ५ ‘को दोश्रो गीत ‘ब्रेकअप गीत’ रिलिज गरिएको छ । गीतमा बाबुल गिरीको संगीत, शब्द,स्वर , अरेञ्ज, मिक्सिङ र मास्टरिङ रहेको छ भने निर्देशक दिपाश्री निरौलाले पनि आफ्नो आवाजले साथ् दिएकि छन् ।

उक्त गीतमा केदार घिमिरे, दिपाश्री निरौला, दिपकराज गिरी र बर्षा सिवाकोटी फिचर्ड छन् । गीतको कोरियोग्राफी गम्भिर विष्टले गरेका छन् ।

दशैंको अवसर पारेर असोज २४ गते फूलपातीबाट प्रदर्शनमा आउने चलचित्रमा दिपकराज गिरी , बर्षा शिवाकोटी साथै केदार घिमिरेको मुख्य भूमिका रहेको छ ।

हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com