सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गायक एवं संगीतकार टंक बुढाथोकीले आफ्नो हिट गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ शीर्षकमा फिल्म बनाउने भएका छन्। बुढाथोकीले आइतबार चलचित्रको टाइटल चलचित्र विकास बोर्डमा दर्ता गरेका छन् ।

चलचित्र ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ लाई टंक बुढाथोकी निर्माण तथा निर्देशन गर्दैछन् । लक्ष्मी गिरि कार्यकारी निर्माता रहने यस चलचित्रमा बिनय अधिकारी सह निर्माता रहने छन् ।

सामाजिक कथामा बन्ने यस चलचित्रबाट बाल गायक अशोक दर्जी र एआर बुढाथोकीलाई डेब्यु गर्दैछन् । ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बाट नेपाली रजतपटमा नब नायक रमेश बिकको डेब्यु हुदैछ । निर्देशक टंक बुढाथोकीले चलचित्रमा बिकलाई अनुबन्धित गरेको जनाकारी दिए । टंककै कथा रहेको फिल्मको पटकथा एवं संवाद शिवम अधिकारीले लेखेका छन्।

तिहार लगतै छायांकनमा जाने चलचित्र ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ को नायिका लगायत अन्य कलाकारहरु केहि दिनमा फाइनल गर्ने तयारी छ।

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com