सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: चलचित्र ‘एक्टर: टेक वन’ फस्ट लुक पोस्टर र टिजर रिलिज भएसंगै चर्चामा रहेको चलचित्रको गीत ‘दिन बित्ला’ रिलिज भएको छ । ३ मिनेट २९ सेकेन्ड समय सहेको गीतमा चलचित्रका मुख्य पात्रहरु प्रदिप खड्का र दिभ्या रायमाझीलाई फिचर्ड गरिएको छ।

उक्त रोमान्टिक गीतमा सनिश श्रेष्ठ र प्रीति कौरको स्वर रहेको छ भने शब्द राजेश कुमार श्रेष्ठ र सङ्गीत एलिश कार्कीले दिएका छन् । ‘एक्टर: टेक वन’ चलचित्र बाट अभिनयमा पाईला टेकेकी दिव्या रायमाझीलाई प्रदिप खड्का संग यस गीतमा जोडी सुहाएको देखिन्छ  । प्रदिप र दिव्याको केमेस्ट्री दर्शकलाई समेत मन पर्ने छ ।

कार्तिक १५ (लक्ष्मी पूजा) देखि देशभर प्रदर्शन हुने चलचित्रलाई राजन भुसालले निर्देशन गरेका हुन्। चलचित्रमा प्रदिप, आना, र दिव्याका साथ राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक र सुशील सिटौलालगायतको प्रमुख अभिनय छ।

‘एक्टर: टेक वन’ अदृत फिल्मस् र मोती फिल्मस्‌को संयुक्त प्रस्तुति हो भने निर्माता थमन कुमार भण्डारी हुन्। अनिश भुसाल सह-निर्माता र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन्। चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले संयुक्त रूपमा लेखेका हुन्।

चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन, र पोस्ट-प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन्। चलचित्रमा संगीत हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले दिएका छन् भने कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन्। द्वन्द्व निर्देशन अष्ट महर्जनले र कला निर्देशन कृष्णमान तामाङले गरेका छन्।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com