सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: सलोन सलिना फिल्मसको व्यानरमा फिल्म ‘पीआर’ निर्माण हुने भएको छ । आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया र ल्यान्ड वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्नेछन् ।
फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल निर्माता र एप्लाई वर्ल्डका गणेश केसी कार्यकारी निर्माता छन् । निर्देशक शोभितका अनुसार फिल्मका लागि हाल अष्ट्रेलियाका विभिन्न स्थानमा अडिसन भइरहेको छ । एम्बिसन कलेज रकडेल, आरटुएम एकाउन्टिन रकडेल र बिकास अधिकारी (प्रिज्मस् एजुकेसन एन भिजा सर्भिस) विशेष सहयोग रहने फिल्ममा राजजंग क्षेत्री प्रोडक्सन हेड छन् ।
फिल्ममा मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद छ । निर्देशक बस्नेतले फिल्मको सम्पूर्ण छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा गरिने बताए । ‘सम्पूर्ण कलाकार र प्राविधिक अष्ट्रेलियाबाटै छानिनेछन् । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर हामी सुटिङमा जानेछौं’, उनले भने ।
फिल्म निर्माण समूहले फिल्मको फस्टलुक पनि सार्वजनिक गरेको छ । फस्टलुकमा हातमा सुटकेस बोकेर अष्ट्रेलिया जान लागेका एक व्यक्तिलाई देखाइएको छ । जसको शरीरको आधा भाग महिलाको छ भने आधा पुरुषको । महिलाको भागमा नेपालको झण्डा देखाइएको छ भने पुरुषको भागमा हातमा सुटकेस बोकेर कोट लगाएको देखाइएको छ । पृष्ठभूमिमा अष्ट्रेलिया र नेपालको दृश्य राखिएको छ । त्यस्तै उडिरहेको हवाईजहाज पनि देखाइएको छ ।
प्रतिक्रिया