सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्र ‘लाज शरणम्’ को पहिलो फर्स्टलूक पोस्टर सार्वजनिक गरिएको छ ।

चलचित्रको पोस्टर अलि फरक प्रकारको सार्वजनिक भएपछि चलचित्र प्रति दर्शकहरुको मनोभावमा कौतुहलताबढ्ने देखेको  । तिन पोस्टर तिन प्रकारको संदेश र अवतार सहित सार्वजनिक भएका छन् ।

फागुन १४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र कमेडी जनरामा तयार भैरहेको छ, जुन कुरा पोस्टरमा प्रस्ट्याएको छ  । चलचित्रको पोस्टरहरुमा विजय बराल, हरिश निरौला,  सागर लम्साल, अर्जुन घिमिरे  कलाकारलाई स्थान दिइएको  छ ।

चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् भने नवीन श्रेष्ठले निर्माण गरेका हुन् । रामनरेश शाह र सिर्जना खड्का चलचित्रका सहनिर्माता हुन् ।

चलचित्रमा विजय बराल, हरिश निरौला, सागर लम्साल, अर्जुन घिमिरे,मुकुन्द श्रेष्ठ, प्रशान्त ताम्राकार, अर्पण थापा, रेणु योगी, माला लिम्बूसँगै ‘सक्किगो नि’ समूहबाट अर्जुन घिमिरे, सागर लम्साल, प्रियना आचार्य, बबिन राई, रामभजन कामत, कमलमणि नेपाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com