सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गोल्डेन जुब्ली चलचित्र निर्देशक तुलसी घिमिरेले निर्माण र निर्देशन गर्न लागेको आगामी चलचित्र ‘पहाड’ आउदो महिना बाट छायांकनमा जाँदैछ भने उक्त चलचित्रबाट  निर्देशक घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमी घिमिरेलाई अभिनयमा डेब्यु गराउने पक्का भएको छ ।

पञ्चमी,नेपाली चलचित्र निर्देशक बुवा तुलशी घिमिरे र आमा अभिनेत्री भारती घिमिरेकी कान्छी छोरी हुन् ।

भारतमा आफ्नो पढाइ सकेर,मुम्बईमा विज्ञापन फिल्महरूमा क्रिएटिभ डिरेक्टरको रुपमा कार्य गर्दै काम गरिरहेकी पञ्चमीलाई पहिलो पटक नायीका बनाउन लागेका निर्देशक पिता भन्छन  ‘बुधबार मात्र यसबारे टुंगो लागेको छ,मलाइ आशा छ ,  पञ्चमीले राम्रो काम गर्नेछिन् ।’

तेस्तै यस चलचित्रमा प्रोडक्सन डिजाइनरको रुपमा निर्देशक घिमिरेकि जेठी छोरी भावना घिमिरेले पनि काम गर्दैछिन्

चलचित्रमा पञ्चमीले नायक अरुण क्षेत्रीसँग जोडी बाँध्नेछिन् । झट्ट हेर्दा निर्देशक तुलशी घिमिरेकै पहिलेका चलचित्रका अभिनेत्री तृप्तिको झल्को  दिने अनुहार,कद काठीकि देखिन्छिन पञ्चमी ।

युवा जनशक्ति विदेश पलायन हुँदा कसरी पहाड रित्तिन्छ र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तु चित्रण गर्ने साथै ग्रामीण परिवेशको कथामा छायांकन हुने चलचित्रमा अहिले सम्म कलाकारहरु मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, सुनिल थापा अरुण क्षेत्री र पञ्चमी घिमिरे पक्का भएका छन् । गोरखाबाट छायांकन शुरु हरिने चलचित्रको काठमाडौं र मुम्बईमापनि छायांकन हुनेछ  । चलचित्रलाई प्रमोद प्रधानले छायांकन गर्दैछन ।

सबस्त इन्टरटेनमेन्टको तर्फ़ बाट पञ्चमी घिमिरेलाई  नेपाली चलचित्र उधोगमा उज्ज्वल भबिस्य साथै सफलताको शुभकामना  ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com