सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – वसन्त पञ्चमीको पावन अवसर पारेर आज बिहान भक्तपुरको सूर्य विनायक मन्दिरमा निर्माताद्वय सरोज ओली र मोहित बंश आचार्यले नयाँ नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’ को शुभमुहुर्त गरेका छन् ।
हरिवंश आचार्य, प्रियंका कार्की, स्वस्तिमा खड्का, प्रकाश सपूत,किरण केसी, मुरलीधर आदि कलाकारहरुको साथमा निर्देशक दीपेन्द्र के खनालले निर्देशन गर्न लागेको चलचित्रको छायांकन पनि आजैदेखि शुरु भएको छ ।
आजको शुभमुहुर्त, मन्दिरमा कलाकार र निर्माताहरुले पटकथा पुस्तक र क्यामेरा पूजाआजा गरेर सम्पन्न गरेको चलचित्रको ४५ दिनसम्म छायांकन काभ्रे र काठमाडौंका विभिन्न लोकेसनमा हुनेछ ।
निर्माता सरोज ओलीले जानकारी दिए अनुसार चलचित्रको छायांकन सकिएपछि प्रदर्शन मिति घोषणा गरिने छ । सामाजिक र हास्यकथावस्तुमा बन्न लागेको चलचित्र महजोडीको चर्चित पात्र हरिबहादुरको पात्रबाट प्रभावित रहेको छ ।
प्रतिक्रिया