सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – प्रतिक्षित चलचित्र ‘चमेलीको पोइ’ को प्रदर्शन मिति तय गरिएको छ । एभरेष्ट सूर्य बोहरा निर्देशीत चलचित्र दशैंको उपलक्ष्यमा असोज १६ गते बिश्वब्यापी प्रदर्शनमा आउने छ ।

निर्माण क्रमदेखि नै चर्चामा रहेको चलचित्रको सार्वजनीक फस्र्टलुकबाटै चर्चा चुलिएको थियो । पारिवारिक कमेडी जनराको चलचित्रमा सुरक्षा पन्त,मुकुन भुसाल,नारायण त्रिपाठी,विल्सन विक्रम राई,रविन्द्र झा,अंशु महर्जन,खड्कबहादुर पुन (खबपु),उमेश राई, रजनी गुरुङ,सुनीता सापकोटा,गणेश गौतम,प्रेमदेव गिरी,धनलक्ष्मी बोहरा,श्रेया नारायण,अनुष्का नारायण,मिना आरएल शाही,रितु मल्ल ठकुरी,अनाररत्न बज्राचार्य,विन्दु आचार्यलगायतको अभिनय छ ।

धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा सुनीता सापकोटा र रामनारायण उपाध्याय निर्माता रहेको ‘चमेलीको पोइ’ को कार्यकारी निर्मातामा उदय बिक्रम राणा,रितु मल्ल ठकुरी र कपील आचार्य छन् । निर्देशक बोहराकै कथा रहेको चलचित्र लेखनमा उनलाई शिबम अधिकारीले सघाएका छन् । धनकुमारी श्रेष्ठ (बोहरा) लाइन प्रोड्युसर रहेको चलचित्रको सहनिर्मातामा सुदिप कुँवर,सुमित्रा थापा,नारायण त्रिपाठी,प्रदिपकुमार सापकोटा र यमप्रसाद वली छन् ।

झण्डै दुई दशकपछि चर्चित हाँस्य कलाकार नारायण त्रिपाठी यही चलचित्रबाट ठूलो पर्दामा कमब्याक गर्न लागेका उनले ‘चमेलीको पोइ’ मा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

मुस्ताङ,पोखरा र काठमाडौंका बिभिन्न स्थानमा खिचिएको चलचित्रका गीतमा राजनराज शिवाकोटी र आशिष अविरलको संगीत छ । कविराज गहतराजको कोरियोग्राफी र कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको चलचित्रको मुख्य सहायक निर्देशक सुदिप कुँवर हुन् भने सहायक निर्देशकमा योगेन्द्र कार्की र मार्लभ ढुंगाना छन् । आरआर फिल्मस्ले बितरण गर्ने चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com