सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – शिवरात्रीको अवसर पारी यही फागुन १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लाज शरणम’ को प्रमोशनल गीत सार्वजनिक भएको छ । चलचित्रको प्रचार गीत मिठो शब्द र सुरीलो शुर रहेको र सामाजीक संजालमा भाईरल हुने खालको बनेको छ ।

लोकप्रिय लोक गायक तथा संगीतकार सरोज लामिछानेको स्वर तथा शब्द संकलनमा तयार भएको गीतमा सुनितामी परियारको पनि स्वर सुन्न सकिन्छ । शिवनारायण जोशीले यो गीतलाई संगीतबद्ध गरेका छन् ।

केही साताअघि मात्र रेकर्ड भएको यो गीतको भिडियो निकै आकर्षक बनाइएको छ । यो नृत्यपरक गीतमा अभिनय गर्ने कलाकारहरुले ‘लाज शरणम्’ का पोस्टर तथा प्लेकार्डहरुमार्फत आकर्षक नृत्य गर्दै चलचित्रको प्रदर्शन मितिदेखि कलाकार, निर्माता र निर्देशकका बारेमा जानकारी दिएका छन् ।

गीतमार्फत चलचित्रमा को–को कलाकार छन्, चलचित्र कस्तो बनेको छ, चलचित्रलाई कोसंग बसेर हेर्न मिल्छ आदि कुराहरुका जानकारी दिइएको छ ।

सुरेन्द्र बसेलको कोरियोग्राफी तथा निर्देशनमा बनेको प्रचारात्मक गीतको भिडियोमा सुरेन्द्र बसेल, सुमन ज्योती न्यौपाने (ल्याङ्ग्री दादा), सुस्मिता कुँवर, शिला गजुरेल, प्रकाश बस्नेत, बबिता पोखरेल, न्यू सागर लामा, इभा राना, सुष्मिता गुरुङ, अनिष केसीका साथमा बाल कलाकारहरु अलिषा ढुंगाना, इजोल पोखरेल, इरक अर्याल तथा सिवानी श्रेष्ठले अभिनय तथा नृत्य गरेका छन् ।

गीतको भिडियोमा यी कलाकारलाई विभिन्न भेषभुषामा प्रस्तुत गरिएको छ । गीतको शब्द मिलाउँदै विभिन्न पटक फिल्म प्रदर्शन मितिलाई हाइलाइटमा राखिएको छ ।

कुमार कट्टेलको निर्देशन / कथामा, कुमार कट्टेल संग दीपक आचार्यको पटकथा रहेको छ । चलचित्रको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् ।

वैदेशिक रोजगार र युवाको श्रमशक्तिलाई केन्द्रमा राखेर निर्माण गरिएको यो चलचित्रलाई चर्चित टिभी श्रृंखला ‘सक्किगो नि’ निर्माता कम्पनी जेपीटी क्रिएसनले निर्माण गरेको हो। कार्यकारी निर्माता अर्जुन घिमिरे ‘पाडे’ रहेको चलचित्रको निर्माता नबिन श्रेष्ठ हुन् भने सह निर्माताद्वय सिर्जना खड्का र राम नरेश शाह रहेका छन् ।

फागुन १४ बाट चलचित्र नेपालसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउँदैछ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com