सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यहि फागुन १४ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘फेरि रेशम फिलिली’ को आज एक कार्यक्रम बीच ट्रेलर सार्वजनिक गरिएको छ ।
हास्य दृश्यले भरिपुर्ण ३ मिनेट ७ सेकेन्ड लामो ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरू विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरसिया, नीर शाह,शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी सहितका कलाकारलाई स्थान दिइएको छ ।
आम नेपाली नागरिकले भोगिरहेको अमेरिका मोहको कथा ‘फेरि रेशम फिलिली’ले उठान गरेको छ । यो विषय अहिलेको नेपाली समुदायलाई मिल्ने भएकाले दर्शकले चलचित्रको पुरानो ब्रान्ड भ्यालु र पपुलर गीतका कारण पनि यो चलचित्र प्रतिक्षारत भएको छ ।
चलचित्रमा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय रहेको छ ।
सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन चलचित्रमा रहेको छ ।
सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको चलचित्रमा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् ।
चलचित्रलाई निरोज महर्जनले निर्देशन गरेका हुन् । चलचित्रको कथा पनि उनले नै लेखेका हुन् ।
चलचित्रको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् । यो चलचित्रलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।
प्रतिक्रिया