सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आउँदो शुक्रबार बाट प्रदर्शन हुनु पर्ने चलचित्र ‘ताण्डवम्’ चलचित्र जाँच पास समिति अर्थात सेन्सर बोर्डबाट पास हुन सकेन ।
जुनिम गहतराजको डेब्यू निर्देशनमा तयार भएको चलचित्रमा अत्यधिक हिंसात्मक टृष्य भएको भन्दै सेन्सर बोर्डले प्रदर्शनको अनुमति दिन अस्वीकार गरेको छ ।
बोर्डले चलचित्रका हिंसात्मक दृष्यलाई काटछाट गरेर ल्याउनु भनिएता पनि चलचित्र निर्माण टिमले भने चलचित्रका दृष्यमा काँटछाँट गर्दा चलचित्रको मर्म मर्ने भन्दै आफ्नो चलचित्रलाई एडल्ट सर्टिफिकेट दिन माग गरेका छन् । तर सेन्सर बोर्डका सदस्यहरुले एडल्ट सर्टिफिकेट दिन पनि अस्वीकार गरेका छन् ।
दुई दिनपछि प्रदर्शनमा आउने तयारीमा रहेको ‘ताण्डवम्’ लाई सेन्सरले हरियो झण्डा नदेखाएपछि अहिले तनावको स्थिति उत्पन्न भएको छ । यसैबीच, सेन्सरबाट पास हुन नसकेको चलचित्रको हुने भनिएको विशेष प्रीमियर शो स्थगित भएको छ ।
चलचित्रमा सरिना मगर, अंकित खड्काका साथै निर्देशक जुनिम गहतराजको पनि अभिनय रहेको छ ।
प्रतिक्रिया