सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आज महाशिवरात्रिको अवसर पारेर चलचित्र ‘कोशेढुंगा’ को शुभमुहूर्त गरिएको छ । चलचित्रका कलाकारहरुको उपस्थितिमा ललितपुरको च्यासलमा निर्माण गरिएको सेटमा चलचित्रको मुहुर्त गरिएको हो ।
बुधवारदेखि नै छायांकन प्रारम्भ भएको चलचित्रको यूनिट एक सातापछि थप छायांकनका लागि स्याङ्जातर्फ प्रस्थान गर्नेछ । चलचित्रमा कलाकारहरु सुरक्षा पन्त, आर्यन सिक्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाल आदिको अभिनय रहनेछ ।
नारी प्रधान कथाबस्तुमा बन्न लागेको चलचित्रमाअभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा रहेकी छिन् । नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र किशोर अनुरागको निर्माताको रुपमा रहेका छन् भने दिनेश खड्का कार्यकारी निर्माता हुन् ।
बाबु श्रेष्ठको छायांकन रहने चलचित्रमा रिदम कँडेल र आषिश अविरलको संगीत निर्देशन रहने छ ।
२०८२ मा प्रदर्शनमा आउने चलचित्रका निर्देशक ब्लक बस्टर चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ निर्देशक सरोज पौडेलले निर्देशन गर्दैछन् ।
प्रतिक्रिया