सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – महाशिवरात्रिको अवसर पारेर गत फागुन १४ गते बुधवारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘फेरि रेशम फिलिली’ को गीत ‘कैले घाम म कैले छाया म’ सार्वजनिक भएको छ । गीतमा कल्याण सिंहको संगीत र हर्क साउदको शब्द रचना तथा सुगम पोखरेलको स्वर रहेको छ ।
चलचित्रको गीतको भिडियोमा कलाकारहरु विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, महेश त्रिपाठी र प्रकाश दाहाल फिचर्ड भएका छन् ।
अहिले प्रदर्शनरत चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । दर्शकबाट मिलेको उत्कृष्ट वर्ड अफ माउथको प्रभाव विस्तारै बक्स अफिसमा देखिन थालेको छ । बुधवार सार्वजनिक विदाको दिन उत्साहजनक सुरुवात गरेको चलचित्रको व्यापार बिहीवार वीक डेका कारण केही कम देखिए पनि शुक्रवार तथा शनिवारको विदाका कारण चलचित्रले राम्रो व्यापार गरेको छ ।
चलचित्रमा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको पनि अभिनय छ ।
सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्धन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन चलचित्रमा रहेको छ ।
सिनेमा आर्ट्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् । चलचित्रको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् । यो चलचित्रलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गरेको छ ।
प्रतिक्रिया