सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाल चलचित्र संघको ५०औँ वार्षिक साधारण सभा तथा सम्मान समारोह २०८२ शनिवार भव्य रुपमा सम्पन्न भएको छ । संघका अध्यक्ष नरेन्द्र महर्जनको अध्यक्षतामा सम्पन्न समारोहका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङ थिए । त्यसैगरी अतिथिका रुपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेस डीसीको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा चलचित्रका कलाकारहरु,निर्देशकहरु साथै अन्य पाहुनाहरुको राम्रो उपस्थिति रहेको थियो ।
समारोहमा नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने ११ जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । साथै, कर्मचारी होतराज शर्मा र विक्रम राईलाई नगदसहित सम्मान प्रदान गरिएको थियो ।
सम्मानित व्यक्तित्वहरु
राज बहादुर शाह– प्रवन्ध निर्देशक, जाउलाखेल ग्रुप अफ ईन्डष्ट्रिज
स्व.भुवनेश्वर अमात्य (मरणोपरान्त)– संस्थापक अध्यक्ष, नेपाल चलचित्र संघ
निर्मल प्रधान– पूर्व महासचिव, नेपाल चलचित्र संघ
राजेन्द्र शाक्य– पूर्व कोषाध्यक्ष, नेपाल चलचित्र संघ
केदारनाथ पराजुली– पूर्व कार्यसमित सदस्य, नेपाल चलचित्र संघ
कुबेर शर्मा– पूर्व उपाध्यक्ष, नेपाल चलचित्र संघ
रामजी श्रेष्ठ– पूर्व उपमहासचिव, नेपाल चलचित्र संघ
मोहन सराफ– पूर्व उपाध्यक्ष, नेपाल चलचित्र संघ
किसन राठी– प्रदर्शक
उत्तम द्वा– पूर्व कार्य समिति सदस्य, नेपाल चलचित्र संघ
ध्रुव कुमार श्रेष्ठ– पूर्व कार्यसमिति सदस्य, नेपाल चलचित्र संघ
प्रतिक्रिया