सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – जेठ २३ देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘जन्ते बाख्रो’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । समसामयिक विषयलाई संयोजन गर्दै तयार गरिएको पोस्टरमा चलचित्रका मुख्य कलाकारहरु फिचर्ड भएका छन्  ।
पोस्टरमा धेरै कलाकारहरु देखिन्छन् । सबैभन्दा अगाडि एउटा बाख्राको छ, जसले गुलाबी रङको चश्मा लगाएको छ । पोस्टरमा देखिएका पात्रकै हाउभाउले सिनेमामा रोमाञ्चक कथा र हाँस्यपूर्ण ट्विस्ट हुने संकेत गर्छ ।

सार्वजनिक पोस्टरमा सौगात मल्ल, गरिमा शर्मा, आसिफ शाह, लोकेन्द्र लेखक, विशाल पहारी, कमल देवकोटा, रुषा न्यौपाने लगायतका कलाकार पनि छन् । पोस्टरमा बाख्रोलाई पोस्टरको केन्द्रीय पात्र बनाइनुले कथावस्तुमा केही रहस्यात्मक र हाँस्यपूर्ण मोड हुने संकेत गर्छ ।

सिमोस सुनुवारको निर्देशन बनेको चलचित्रमा सौगात मल्ल, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको चलचित्रको निर्माता सन्तोष गौतम हुन् । नेपाली समाजमा बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ । चलचित्रको कथावस्तु यसैको वरिपरि आधारित रहको छ ।

आगामी जेठ २३ गतेबाट नेपाल विदेशमा एकसाथ रिलिज गरिने चलचित्रमा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने चलचित्रको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com