सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक कृषा चौलागाईँले चलचित्र ‘पिताम्बर ‘ पश्चात नयाँ निर्देशन गर्न लागेको चलचित्रको शीर्षक सार्वजनिक गरेकी छिन् । चलचित्रको शीर्षक ‘जहाजैमा’ राखेर सामाजीक संजाल मार्फत पोस्टर शेयर गर्दै निर्देशक चौलागाईँले चलचित्र सन् २०२६ मा प्रदर्शन हुने जानकारी गराएकी छिन् ।

‘अबको यात्रा’ भन्दै निर्देशक चौलागाईँद्वारा शेयर गरिएको पोस्टरमा एउटा विमानको तस्विर देखिन्छ भने एक जना पुरुष सुटकेश बोकेर उक्त जहाजतर्फ हेरिरहेको देखिन्छ । पृष्ठभुमिमा भने एउटा अत्याधुनिक शहर देख्न सकिन्छ ।

गएको साता जापान भ्रमणका क्रममा निर्देशक चौलागाँइले चलचित्र ‘जहाजैमा’ साइन गरेकि हुन् ।‘जहाजैमा’ शीर्षकसंगै अंग्रेजी भाषामा एउटा शब्द पनि लेखिएको देखिन्छ, जसको अर्थ हुन्छ– ड्डजहाँ हरेक लहरले कथा लुकाउँछ।’ यस चलचित्रमा नेपालसहित भारत तथा फिलिपिन्सका कलाकारहरुले एकसाथ काम गर्न लागेको बताइन्छ ।

चलचित्रलाई यूएनए प्रोडक्सनले निर्माण गर्दैछ । चलचित्रमा जापानको एक टिमको समेत सहकार्य रहने पक्का भएको छ । जापानमा रहेर चलचित्र वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले अब यूएनए प्रोडक्सनको नाममा चलचित्रलाई निर्माण गर्नेछ ।

गएको साता चलचित्र निर्देशनका लागि यूएनए प्रोडक्सनका प्रमुख उज्ज्वल गुरागाँई र निर्देशक कृषा चौलागाइँबीच कागजी सम्झौता भएको थियो । ।

चलचित्रको छायांकन भदौदेखि प्रारम्भ हुनेछ । चलचित्रलाई नेपाल, जापान र फिलिपिन्समा पुरुषोत्तम प्रधानले छायाँकन गर्ने छन् ।

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com