सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको साथै आउँदो साउनको २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मोहर’को टिजर सार्वजनिक भएको छ । ओएसआर डिजिटलको च्यानलबाट १ मिनेट १८ सेकेन्ड लामो टिजर सार्वजनिक गरिएको छ । ‘देउकी’ प्रथाको कथालाई चलचित्रमा प्रस्तुत गर्न लागेको टिजरबाट बुझ्न सकिन्छ ।

सार्वजनिक टिजरमा नायक पल शाहको दोहोरो भुमिका रहेको देख्न सकिन्छ । पल लामो र छोटो कपालमा देखिएका छन् । लामो कपाल पालेका पलको कथा नायिका बेनिशा हमाल र बाल–कलाकार सारा शर्मासँग जोडिएको छ । यस्तै, कपाल छोटो पालेका पलको कथा नायिका नीति शाहसँग जोडिएको छ ।टीजरले चलचित्रप्रति दर्शकको कौतुहलता बढाउने देखिएको छ ।

फिल्म मेकर्स प्रा.लिको प्रस्तुतिमा तयार भएको चलचित्रका निर्माता चुम्बन जंग शाही रहेका छन् । चलचित्रमा पल शाह,अर्जुन जंग शाही,बेनिशा हमाल, नीति शाह,मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पवि, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा र बाल–कलाकार सारा शर्मा आदि कलाकार हरुको अभिनय रहेको छ ।

चलचित्रमा कविराज गतहराज र रामजी लामिछानेको नृत्य निर्देशन,कुमार महर्जनको एक्सन,समीर मियाको भीएफएक्स, सत्यम रानाको सीजीआई, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत, भूपेन्द्र अधिकारीको सम्पादन, दिपेन बस्न्यातको डीओपी रहेको छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com