सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – मल्टि स्टारर एक्सन जनराको चलचित्र ‘पिताम्बर’ निर्देशन गरेकी निर्देशक कृषा चौलागाईँले बनाउन लागेको नयाँ चलचित्र ‘जहाजैमा’ फिलिपिनो अभिनेत्री रजेल इचिमिया लाई लिएर काम गर्ने पक्का भएको छ ।
जापानमा बसेर जापानिज फिल्म र सिरिजमा अभिनय गर्दै आइरहेकी फिलिपिनो अभिनेत्री रजेल इचिमियासंग निर्देशक कृषा चौलागाईंले हालैको जापान भ्रमणमा रहँदा चलचित्र संगै गर्ने सम्झौता गरेकी थिइन् ।
कृषाले चलचित्र ‘पिताम्बर’ मा आफूलाई आँटिलो निर्देशकको रुपमा पुष्टि गरेकी छिन भने अहिले कृषालाई बाहिरका चलचित्र बाट पनि निरन्तर अफर आइरहेको छ ।
केहि साता अघि जापान भ्रमणमा चलचित्र ‘पिताम्बर’ निर्देशक कृषा चौलागाईँ जापानमा भएको अवार्डमा सहभागी हुन पुगेकी थीयीन । उक्त अवार्ड समारोहमा पुगेको समयमा निर्देशक चौलागाँइले नयाँ चलचित्र साइन गरेकी हुन् । उनले बनाउन लागेको चलचित्रमा नेपाल, भारत तथा फिलिपिन्सका कलाकारहरुले एकसाथ काम गर्न लागेका छन् ।
चलचित्रलाई यूएनए प्रोडक्सनले निर्माण गर्दैछ । चलचित्रमा जापानको एक टिमको समेत सहकार्य रहने पक्का भएको छ । जापानमा रहेर चलचित्र वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले अब यूएनए प्रोडक्सनको नाममा चलचित्रलाई निर्माण गर्नेछ ।
यूएनए प्रोडक्सनका प्रमुख उज्ज्वल गुरागाँई र निर्देशक कृषा चौलागाइँविच कागजी सम्झौता भएको हो । चलचित्रको छायांकन भदौ देखि प्रारम्भ हुनेछ । चलचित्रलाई नेपाल, जापान र फिलिपिन्समा खिच्ने पक्का भएको छ । चलचित्रका बाकी कलाकारहरुको बारेमा छिट्टै जानकारी दिने निर्माण पक्षले बताएको छ । चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । चलचित्र सन् २०२६ मा प्रद्रशनमा आउने छ ।
प्रतिक्रिया