सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक ऋषि लामिछानेद्वारा निर्देशित चलचित्र ‘माग्ने राजा’ ले पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । आज शुक्रबार राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा फस्टलुक सार्वजनिक गरेको छ ।
राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको डबलीमा राखिएको कुर्सीमा अभिनेता केदारप्रसाद घिमिरेलार्ई ‘माग्ने राजा’कै अवतारमा कुर्सीमा बासाएर पोस्टर अनावरण गरिएको थियो । नायिका वर्षा सिवाकोटी, हास्यकलाकार विल्सनविक्रम राईको पनि पोस्टर अनावरण कार्यक्रममा उपस्थिति रहेको थियो ।
चलचित्रका सार्वजनिक दुई पोस्टर मध्ये एउटामा अभिनेता केदार घिमिरे (माग्ने बुढा) कुर्सीमा पैसासहित राजकिय अवतारमा प्रस्तुत गरिएको छ । अर्को पोस्टरमा चलचित्रका तीन मुख्य कलाकार केदार घिमिरे, वर्षा सिवाकोटी र विल्सन विक्रम राईलाई स्थान दिइएको छ ।
यस चलचित्रबाट निर्देशक ऋषि लामिछाने ८ वर्षपछि निर्देशनमा कमव्याक गर्दैछन् । निर्देशक लामिछानेले ‘माग्ने राजा’ले अहिले अवस्थामा आफैलाई राजाको रुपमा प्रस्तुत गर्ने युवापुस्ताको कथा देखाउने बताए । चलचित्रका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे पनि ‘इच्छा’ रिलिजको लामो समयपछि निर्माणमा फर्केका हुन् । उनी हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन् ।
निर्देश लामिछाने र निर्माता घिमिरेबीच यो तेस्रो पटक सहकार्य गरेका हुन् । उनीहरुले निर्माण सहकार्य गरेका दुई चलचित्र ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान्-श्रीमती’ बक्सअफिसमा सुपरहिट भएका थिए । निर्देशक लामिछाने आफुहरुको तेस्रो सहकार्य पनि सुपरहिट हुने दाबी चलचित्रको पोस्टर सार्वजनिक तथा प्रदर्शन मिति घोषणा कार्यक्रममा गरे ।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रमा ‘माग्ने राजा’ मा कलाकारहरु केदार घिमिरे, वर्षा शिवाकोटी, आर्यन सिग्देल, विल्सन विक्रम राई आदिको अभिनय रहेको छ ।
आरआर फिल्मस्ले वितरण गर्नेचलचित्रमा नरेन्द्र मैनालीको छायांकन, सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ ।
चलचित्र ‘माग्ने राजा’ भदौ ६ गतेदेखि प्रदर्शनमा आउनेछ ।
प्रतिक्रिया