सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – षट्कोण आर्टसको ब्यानरमा ‘जात्रा’,‘जात्रै जात्रा’, ‘महाजात्रा’,‘महापुरुष’ जस्ता मनोरन्जनात्मक चलचित्र निर्माण गरेर दर्शकहरुको मन जित्न सफल भएको ब्यानरले नयाँ चलचित्र ‘लालीबजार’ निर्माणको घोषणा गरेको साथै आज मंगलवार सामाजिक सञ्जालबाट फस्ट लूक पोस्टर सार्वजनिक गर्दै ।
सार्वजनिक पोस्टरमा नायीका स्वस्तिमा खड्काको मुख्य भूमिका रहने र पोस्टरमा उनको फस्टलूकमा चरित्रलाई चित्रण गरिएको छ । तस्विरमा उनी लाली पाउडर लुक्स र गर्भवती महिलाको भूमिकामा देखिएकी छन् ।
षट्कोण आर्टस व्यानरले पहिलोपटक बाहिरी निर्देशक सँग काम गर्न लागेको छ र यस चलचित्रका लागि लेखक तथा निर्देशक यम थापा रहेका छन् । चलचित्रमा लगानी रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेस खत्रीको रहने छ भने भने कार्यकारी निर्माताका रुपमा निर्देशक प्रदीप भट्टराई रहनेछन ।
चलचित्र आगामी फागुन १ गतेदेखि प्रदर्शनमा आउने घोषणा गरेको छ । दसैँ लगत्तै चलचित्र छायाङ्कनमा जानेछ।
प्रतिक्रिया