सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेता पल शाहले निर्माण साथै अभिनय गर्ने चलचित्र ‘यानीमाया’ को घोषणा गरेका छन्, । बिहीवार बिहान अभिनेता शाहले चलचित्रको फस्टलूक सार्वजनिक गर्दै भनेका छन्– ‘वर्षौंदेखि मेरो एउटा सपना थियो । मेरो आफ्नै कम्पनीबाट एउटा नेपाली चलचित्र निर्माण गरौं भन्ने र आज त्यो सपना पूरा हुँदैछ । मेरो आफ्नै कम्पनी बाट चलचित्र ‘यानीमाया’ बनाउँदै छु । आशा गरेको छु, तपाईँहरूको साथ सधैँ रहिरहने छ ।’

चलचित्रको निर्देशन विकास सुवेदीले गर्दैछन । सञ्चारकर्मीसमेत रहेका सुवेदीले पहिले ‘प्रकाश’ ‘पूजार सार्की’, र ‘महाभोज’  जस्ता चलचित्रका लागि लेखन कार्य गरेका छन् ।

चलचित्रको  टीमअहिले प्री–प्रोडक्सनमा ब्यस्त छन् । पल शाह प्रमुख भूमिकामा रहने चलचित्रको कास्ट एण्ड क्रूबारे निर्माण टिमले अहिले जानकारी गराएका छैनन् ।

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com