सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नायिका करिश्मा मानन्धर र नव कलाकार श्रीजेश श्रेष्ठ अभिनित म्युजिक भिडियो ‘एकै पलको माया’ सार्वजनिक भएको छ । गीत करिश्मा मानन्धर युटुब च्यानलमा सार्वजनिक भएको हो।

गीतमा एउटा फ्यानको सेलेब्रेटि प्रतिको एकतर्फी मायाको कथा प्रस्तुत गरिएको छ। गीतमा करिश्मा मानन्धर एक चर्चित सेलेब्रेटिका रुपमा देखाईएको छ भने उनिलाई पछ्याउदै एक नौजवान युवक करिश्मालाई मनपराउन थाल्छन्।

सार्वजनिक गीत तेन्जु योञ्जनले निर्देशन गरेकी हुन् । भिम बि सी र जुना गौतमको स्वर रहेको छ। गीतमा भिम बि सी कै संगीत रहेको छ। सार्वजनिक गीत कुलेखानी , भक्तपुर र गोदावरीमा छायांकन गरिएको हो।

गीतको छायांकन र सम्पादनको सबै कार्य सुशील क्षेत्रीको रहेको छ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com