सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘परालको आगो’को ट्रेलर रिलिज भएको छ। बिहिबार निर्माण टिमले एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर रिलिज गरेको हो।
सार्वजनिक ट्रेलरमा अधिकांश कलाकारलाई प्रस्तुत गरिएको छ। जहा चलचित्रका मुख्य पात्र सुहाना थापा र प्रकाश सपूतबीचको घरझगडा देखिन्छ । छिमेकी बनेका सौगात मल्ल र सिर्जनालाई एकदमै मिलेको जोडी देखिन्छ। श्रीमतिलाई कुटेपछि खोज्न हिडेको कथाले दर्शकलाई निकै भावुक बनाउने देकिन्छ। मार्मिक ट्रेलरमार्फत चलचित्रको कथावस्तु रहस्यमय र सामाजिक द्वन्द्वमा आधारित रहेको संकेत गरेको छ।

लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको चलचित्रमा ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई फिल्मले उठान गर्ने अनुमान गरिएको छ। आगोको झिल्को र अँध्यारो पृष्ठभूमिले कथा प्रतीकात्मक रूपमा निर्माण भएको यस चलचित्रमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी,ज्याक श्रेष्ठ,सरिता भण्डारी,रेणु न्यौपाने,बाल कलाकार मन्जिला बाँनिया लगायतले अभिनय गरेका छन्।
हरि ॐ सिने मेकर्स प्रा.लिको निर्माणमा बनेको यस चलचित्रका निर्माता सुशील पोखरेल हुन्। सुशील देवकोटाले लेखेको यस चलचित्रमा छायाँकार संकल्प भुजेल,नृत्य निर्देशन रामजी लामिछाने,सम्पादन मिलन श्रेष्ठ, रंग संयोजक कनाल कँवर रहेका छन्।

त्यसै गरि चलचित्रको भि.एफ.एक्स. समिर मिया,सत्यम रानाले गरेका हुन् भने टिजर र ट्रेलर साहिल खानले काटेका छन्। त्यसै गरि ५.१ मिक्सिङमा मुकेश शाहले गरेका छन् भने नगेन्द्र घिमिरे निर्माण संयोजनको काम गरेका छन्। त्यसै गरि यो चलचित्रमा निर्माण नियन्त्रक ईश्वर घिमिरेको छ भने पाश्वं संगीत किरण तुलाधर,संगीत शान्ती ठटाल, सत्य–स्वरुप, प्रकाश सपुतको रहेको छ। चलचित्रको गीतमा गीतकार मनबहादुर मुखिया, सुरेन्द्र राना, प्रकाश सपुतले लेखेका छन्।

चलचित्रमा भेषभूषा डिजाइन सुजन परियार,श्रृंगारको जिम्मा मदन न्यौपानेले गरेका छन् भने केश विन्यासमा रोनिशा अधिकारी रहेकी छन्। यस चलचित्रको पोस्टर निर्माण आइडियल डिजाइनर्सले गरेको हो भने कला निर्देशकका रुपमा प्रतिक चौधरी रहेका छन्। मुख्य सहायक निर्देशक करण बहादुर साउद रहेका छन् भने निर्माता सुलभी पोखरेल, सत्यम पोखरेल छन्।
यस चलचित्रको वितरण आर आर फिल्मसले गर्दैछ भने ओएसआर ओटीटी राईट लिइसकेको छ।
गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि चलचित्र निर्देशन गरेका थिए।




प्रतिक्रिया