सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली दर्शक तथा स्रोतामाझ परिचित नाम हो प्रकाश सपुत। उनी गायनमा जस्तै अभिनयमा पनि अब्बल छन्। उनले अभिनय गरेको चलचित्र ‘परदेशी २’,‘पुर्ण बहादुरको साराङ्गी’,‘माइतीघर’दर्शकमाझ लोकप्रिय बने। उनी आफ्नो अभिनय क्षमता दर्शकमाझ पोख्नका लागि निकै आतुर थिए तर सोचेझै क्यारेक्टर नहुँदा निराश बनेका प्रकाशले अर्को फिल्म ‘परालको आगो’को एक पात्र चामेको भुमिका सशक्त निवार्ह गरेका छन्। उनी आफै पनि यो चलचित्रबाट निकै आशावादी गरेको बताउँछन्।

चलचित्रको ट्रेलरमा प्रकाश सपुतको अभिनय क्षमता निकै बलियो देखिन्छ। अरु भन्दा फरक कथामा अभिनय गरेका उनले कहिले श्रीमतीलाई माया गर्ने तर श्रीमती माइतजाँदा भैसीमाथी पोखिएको रिसको कुरा सुनाए। त्यो आफुले नगरेको र रिस पोख्न नजान्दा सहकर्मी तथा अभिनेत्री सुहाना थापाले सिकाएको बताए।

‘मैले भैसी कुट्नुपर्ने सिन थियो,तर मैले कुट्न सकिरहेको थिइनँ,’उनले चलचित्रको सुटिङ गर्दाको क्षण सम्झदै भने,‘सिनमा पनि आओस् र भैसीलाई पनि केहि नहोस् भनेर कसरी काम गर्न सकिन्छ भन्ने कुरामा अलिक छटपटी भएको थियो। त्यो कुरा सुहानाले सिकाउनु भयो।’

अर्काको कृतिमाथी अभिनय गर्नु चानचुने कुरा होइन। तर उनको त्यो शाहस भने मान्नैपर्छ।
उनी भन्छन्,‘परालको आगो’भन्ने बितिक्कै श्रीमानश्रीमतीको झगडाकै कुरा आउँछ।’

यही शुक्रबार अर्थात बैशाख ११ गतेबाट रिलिज हुन लागेको यस चलचित्रमा प्रकाशका अलवा सुहाना थापा,सौगात मल्ल,सिर्जना अधिकारी,किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा लगानी सुशील पोखरेलको छ। साथै चलचित्रको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन्। लक्ष्मण सुनारले निर्देशन गरेको यस चलचित्रमा संकल्प भुजेलको छायांकन,रामजी लामिछानेको कोरियोग्राफी रहेको छ भने सम्पादन मिलन श्रेष्ठको छ।

यस चलचित्रको पाश्र्व संगीतमा किरण तुलाधर,संगीतमा शान्ति ठटाल,सत्य–स्वरुप आचार्य र प्रकाश सपुतले गरेका छन्। चलचित्रका गीतका शब्द रचना मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्दको छ।

चलचित्रलाई नेपालभरको फिल्मको वितरण आर आर फिल्मसले गर्दैछ। साथै डिजिटल अधिकार ओएसआरले लिएको छ। चलचित्र गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’बाट चलचित्र निर्माण भएको हुनाले पनि निकै अर्थपुर्ण तरिकाले हेरिएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com