सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चैत्रको २७ गतेबाट रिलिजमा आएको चलचित्र ‘राम नाम सत्य’ले बक्स अफिसमा सोमबारसम्म ३ करोड २० लाख रुपैयाँ ग्रस कलेक्शन गरेको वितरक गोविन्द शाहीले बताएका छन् ।

शनिबारसम्म विकास बोर्डको आँकडामा चलचित्रको कमाई करिब २ करोड ८० लाख थियो । तर, केही हलको आँकडा बोर्डमा नजोडिने भएकाले पनि वितरकको हिसाबमा भने व्यापार केही माथि भएको वितरक शाहीको भनाई छ ।
यस्तै, यो चलचित्रले अमेरिकाबाहेक विदेशी बजारबाट ७० लाख रुपैयाँ आम्दानी गरिसकेको निर्माता उपेन्द्र शाहीले बताए । अमेरिकाका विभिन्न शहरमा अप्रिल २४ तारिखबाट चलचित्र २०० शोज सहित चल्दैछ । निर्माणपक्षले अमेरिकामा चलचित्रलाई शेयर प्रतिशतमा विक्री गरेको हो । अमेरिकाबाट पनि चलचित्रका निर्माताले राम्रो रकम प्राप्त गर्ने अपेक्षा गरेका छन् ।

ओएसआर डिटिजलबाट चलचित्रलाई ७२ लाख रुपैयाँ प्राप्त भएको जानकारी निर्देशक माइकल चन्दले दिएका छन् । डिजिटल राइट्स ७२ लाखमा विक्री गरेकाले पनि निर्माणपक्षलाई फाइदा भएको देखिन्छ ।

३ करोड बजेटमा बनेको चलचित्रबाट आफूहरु सुरक्षित हुने बाटोमा लागेको निर्देशक चन्दको भनाई छ ।
स्वेता विमली र उपेन्द्र शाहीको निर्माणमा तयार भएको चलचित्रमा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंंह ठकुरी, खुशी कार्की, सुनील थापा, प्रशान्त ताम्राकार लगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रको व्यापारबाट उत्साहित भएको निर्माणपक्षले बताएको छ । पछिल्लो समयमा रिलिज भएका नेपालीचलचित्रहरुले व्यापार सुखद नगरिरहेको समयमा यो चलचित्रले भने बक्स अफिसमा आशा जगाएको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com